बैठकमा महरको गुनासो– पार्टीका कार्यक्रमबारे केन्द्रीय सदस्यलाई जानकारी नै हुँदैन

Nainsing mahar

काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीन तहको सरकार सञ्चालन गर्न संयन्त्र बनाउनुपर्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले संसदमा आउने विधेयकबारे पार्टीका केन्द्रीय सदस्य बेखबर भएको बताए । 

‘सांसद र केन्द्रीय सदस्यको संयक्त बैठक बस्ने व्यवस्था गरियोस् । सांसदहरूलाई पनि विधेयकको बारेमा जानकारी छैन । हामीले विधेयकबारे के जवाफ दिने थाहा छैन । उपसभापति ज्यूले भनेपछिमात्र थाहा हुने अवस्था छ । विधेयकमा  दिगो विकासका लागि गरिएको प्रतिबद्धता पूरा गर्ने कुरा समेटिएको छैन,’ बैठकमा उनले भने । 

महरले पार्टी गतिविधिबारे पनि असन्तुष्टि जनाए । पार्टीले आयाजना गरेको ठूला कार्यक्रममा केन्द्रीय सदस्य बेखबर रहेको उनले बताए । 
 
‘निर्णय एकातिर कार्यान्वयन धिमा गतिमा भैरहेको छ । ठूला इभेन्टबारे केन्द्रीय सदस्य बेखबर भएको पाइयो । पदाधिकारीहरू चिठी लेख्नुहुन्छ कार्यान्वयन कसरी हुन्छ हामी बेखबर छौं । यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *