युवा उल्थानमा कल्पवृक्षको अठोट

student

काठमाडाैं- कलेज क्यान्टिनमा चियसंगै जन्मेको विचार हो, ‘कल्पवृक्ष’।

उदेश्य एउटै थियो, अहिलेको आधुनिक परिस्थितिमा युवा विकासलाई टेवा पुर्याउने। आफूहरु विद्यालयमा रहँदा जुन अवसरहरु बाट वञ्चित हुन पर्यो, त्यो अवसर देशका सबै विद्यार्थीमाझ पुर्याउने लक्ष्यका साथ कल्पवृक्षको स्थापना भयो। 

२०७९ जेठमा यसको स्थापना लगत्तै कल्पवृक्षले विभिन्न अन्तरक्रियात्मक कार्यक्रमको मध्यमबाट नेपाली विद्यार्थीको मानसिक, व्यक्तिगत र सामाजिक विकास गर्दै आइरहेको छ। कल्पवृक्षको मुख्य अभियान ‘परिवर्तन’ हो। यस अभियानमा देशको विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ६,७,८,९ र १० का विद्यार्थीलाई नेपाली समाजमा हुने हिंसा, विभेद र दुर्वयवहार विरुद्ध लड्ने उपायहरू सिकाइन्छ। यही कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई युवा मानसिक स्वास्थ्य र त्यसको आवश्यकता बारेमा पनि सचेत गराइन्छ।

त्यसका साथै सामाजिक सञ्जालमा हुने अपराध र त्यसबाट सुरक्षित रहने उपायहरू पनि विद्यार्थीहरुलाई अवगत गराइन्छ। ‘परिवर्तन’ कार्यक्रममा हिंसा पीडितहरु हिंसा बारे बोल्छन, मनोविज्ञान पढिरहेका विद्यार्थीहरु खेल र अन्तरक्रियाको माध्यमले विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यबारे सिकाउँछन् र प्रविधि पढिरहेका विद्यार्थीले प्रजेन्टेशन देखाउँदै प्रविधिको उचित प्रयोग गर्न प्रोत्साहन गर्छन। ७ जना युवाको टोली बाट सुरु गरिएको यो अभियान अहिले देशको ५ जिल्लामा १५००+ विद्यार्थीहरु माझ पुगिसकेको छ। 

परिवर्तन अभियान सँगसँगै कल्पवृक्ष ले युवा विकासको निम्ति अन्य धेरै कार्यक्रम पनि गर्दै आएको छ। नेपाली युवालाई आफ्नो इतिहास, संस्कृति र पहिचानसँग मेल गराउन कल्पवृक्ष ले इतिहास र संस्कृतिमा निशुल्क शिक्षा कार्यक्रम गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत युवाहरुले आफ्नो देश, संस्कृति र विशाल इतिहास बारे थाहा पाउँछन्। यसका साथ साथै कल्पवृक्षले नेपाली विद्यार्थीको व्यक्तिगत विकासको लागि विभिन्न तालिम र प्रशिक्षण कार्यक्रम पनि गरिरहेको छ। गत पुसमा कल्पवृक्षले उपत्यकाव्यापी युवा मानसिक स्वास्थमा सम्मेलन गरेको थियो जसमा ३०० युवाको सहभागिता रहेको थियो। ससंगै विभिन्न स्थानीय संघसस्था र निकायसँग मिलेर कल्पवृक्षले युवा उल्थान कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। 

कल्पवृक्षका संस्थापकहरु नितमराज पौडेल, रेजिन नेपाल र पंकज भट्टराई ३ जनाले सुरु गरेको यो अभियानमा अहिले ४० जना सदस्य आबद्ध भइसकेका छन् र सबै जना आधुनिक पहल र श्रोतको माध्यमबाट देशको युवाको व्यक्तित्व विकासमा लागिपरेका छन्। 

नेपाली युवाको विकासबाट नै देश विकास सम्भव छ भन्ने निश्चयका साथ कल्पवृक्ष युवा समक्ष काम गरी नै रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *