नेपालगञ्जमा आज पनि निषेधाज्ञा जारी, राति कर्फ्यु

nepalgunj karfu

बाँके- बाँकेको नेपालगञ्जमा आज पनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यु जारी रहने भएको छ। दुई समुदायबीच उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले हिजोदेखि कर्फ्यु खुकुलो पारेको थियो। 

 सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज पनि दिउँसो निषेधाज्ञा र राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको कार्यालयले जनाएको छ। 

निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर–पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने जनाइएको छ।

यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रशासनको सूचनामा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *