सिजीले नेपाल भित्र्यायो बेलायती टेक कम्पनी ‘नथिङ’

cg and nothing agreement

काठमाडौं- बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको इलेक्ट्रोनिक सामग्री उत्पादक कम्पनी ‘नथिङ टेक्नोलोजी लिमिटेड’ (नथिङ) ले नेपाली व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) सँग साझेदारी सम्झौता गरेको छ।

सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नथिङका संस्थापक कार्ल पेईबीच साझेदारी सम्झौता भएको छ। स्मार्टफोन र इयरफोन उत्पादक टेक कम्पनी नथिङसँग साझेदारी सम्झौता भएको चौधरीले जानकारी दिए।

‘नेपालमा अब नथिङ ब्रान्डका स्मार्टफोन र इयरफोन सिजीले बिक्री वितरण गर्छ। यो सम्झौताले विश्वविख्यता कम्पनी र ब्रान्डले सिजीलाई गरेको विश्वास थप उचाइमा पुगेको छ,’ सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने।

सिजीका अनुसार नथिङका स्मार्टफोन र इयरफोन नेपाली उपभोक्ताले मनपराउने छन्।

नथिङ सन् २०२० अक्टोबर २९ मा स्थापना भएको बेलायती टेक कम्पनी हो। यसका संस्थापक कार्ल पेई हुन्। चिनियाँ मूलका स्विडिस व्यवसायी कार्ल चिनियाँ स्मार्टफोन निर्माता वान प्लसका पनि सहसंस्थापक हुन्। उनले वान प्लसबाट बाहिरिएपछि लन्डनमा टेक कम्पनी नथिङ स्थापना गरेका थिए।

नथिङले २०२१ अगस्ट १७ मा आफ्नो पहिलो उत्पादन ३४ घन्टा व्याट्री क्षमतायुक्त वायरलेस इयरबड ‘इयर १’ नामको इयरफोन सार्वजनिक गरेको थियो।

त्यसैगरी २०२२ नोभेम्बर ४ मा अर्को उत्पादन ‘इयर’ (स्टिक) र २०२३ मार्चमा ‘इयर २’ सार्वजनिक गरेको थियो।

नथिङले २०२२ जुलाई १ मा स्मार्टफोन ‘फोन १’ र जुलाई २१ मा स्मार्टफोन ‘फोन २’ सार्वजनिक गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *