कोमेसा र इयु बीच ४८.२ मिलियन युरोको वित्तीय सम्झौतामा हस्ताक्षर

EU-Funds

काठमाडौं- पूर्वी र दक्षिणी अफ्रिकाका लागि साझा बजार (कोमेसा) र युरोपेली संघ (इयु) ले सोमबार ४८.२ मिलियन युरो (५३ मिलियन अमेरिकी डलर) दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

कोमेसालाई नयाँ अनुदानहरू त्यसका सदस्य राष्ट्रहरूको समग्र व्यापार प्रणालीमा प्रतिस्पर्धात्मकता सुधार गर्न र तिनीहरूको बजार पहुँच बढाउनमा केन्द्रित हुने बताइएको छ।

कोमेसाका महासचिव चिलेशे कप्वेप्वेले आर्थिक सहयोगका लागि इयुको प्रशंसा गर्दै ती दुई सम्झौताले समग्र प्रतिस्पर्धात्मकता बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कप्वेपवेले अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक समूह भित्र आर्थिक विकास, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरणलाई बृद्धि गर्न व्यापक सहयोगको हिस्सा भएको बताएका हुन्।

‘मुख्यतया यसको प्राकृतिक स्रोत र कृषि प्रशोधन, कपडा र गार्मेन्टमा यसको सम्भावनासँग जोडिएको यस क्षेत्रको तुलनात्मक लाभको बाबजुद पनि अन्य क्षेत्रको तुलनामा व्यापार न्यून रहेको,’ उनको टिप्पणी रहेको छ।

उनले यस क्षेत्रको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन रणनीतिक लगानीका लागि अपर्याप्त वित्तपोषणका कारण अन्तरक्षेत्रीय व्यापारमा बाधा पुगेको पनि बताएका छन्। जाम्बियाका लागि इयु राजदूत र कोमेसाका लागि विशेष प्रतिनिधि क्यारोलिना स्टासियाकले दुई संस्थाहरूले क्षेत्रीय एकीकरण, जडान र व्यापारलाई सहज बनाउन समान उद्देश्यहरू राखेको उल्लेख गरेका छन्।

स्टासियाकले विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै इयुले व्यापारलाई अझ सहज र दिगो बनाउन आह्वान गरिरहेको बताए। ‘हामीले हाम्रो अर्थतन्त्रलाई दिगो बनाउन, स्थानीय, क्षेत्रीय र विश्वव्यापी मूल्य शृङ्खलाहरूलाई थप बलियो बनाउँन र जलवायुमा हाम्रो अर्थतन्त्रको नकारात्मक प्रभावलाई उल्लेखनीय रूपमा घटाउन आवश्यक छ, उहाँले उल्लेख गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *