विश्वकप फुटबलको एसिया क्षेत्र छनोटमा नेपाल पराजित

Yeman vs Nepal

काठमाडौं- विश्वकप फुटबलको एसिया क्षेत्र छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार व्यहोरेको हो।

पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल व्यहोरेको थियो।

दुवै गोल सब्सिच्युट खेलाडीले गरेका थिए। यमनका लागि ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे। डिबक्स बाहिरबाट उनको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले छेक्न सकेनन्।

खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे।

यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार व्यहोरेको थियो। यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *