छठ पर्व (कविता)

– तुलसीराम प्याकुरेल

चौध वर्ष  वनवास एक वर्ष आज्ञा
बेला कुन्ती द्रौपदी र पाण्डवको प्रज्ञा
त्रेता युग कौसल्या दशरथकी रानी
कात्तिकमा मनाइने पर्व पनि मानी ।।

सुरुवातमा मनाइने आरम्भ हो प्रण
हातखुट्टा नङ काटी भोजन गर्छु ग्रहण
नुहाएर सफा भई पूजा आज गर्छु
सनातन धर्मको शोभा मैले भर्छु ।।

सुरु भए दोस्रो दिन भनिन्छ रे खर्ना
नुहाएर चोखो भई पेटमा गर भर्ना
साँझ पख खिर खाऊ सखरको भाइ
तयारीमा बसौँला है षष्ठी तिथिलाई ।।

निराहार जलवासी नजिकैको ताल
धर्म रक्षा गराउने मिथिलाको चाल
अँजुलीमा पानी भरी चढाउ है जल
नाचौँ गाऔँ सबै मिली छठको त्यो पल ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *