नेविसंघद्वारा भूकम्प प्रभावित क्षेत्रमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण

काठमाडौं- नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भूकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरी त्रिवेणि मा.वि.मा ६ कोठे अस्थायी भवन हस्तान्तरण गरेको छ।

कार्तिक १७ गते गएको विनाशकारी भूकम्पमा ३९८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको थियो। दुईवटा विद्यालय पूर्ण रूपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुई अस्थायी भवन समेत बनाउने प्रतिबद्धता अनुसार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाड्ंग शेर्पाले आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन्।

भूकम्प पश्चात् पूर्ण रूपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुँदै आएको थियो। त्रिवेणी मा.वि.को ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गाउँपालिकामा रहेको शिवपुरी मा.वि. को ६ कोठे भवन निर्माण सुचारु गर्दै छ।

भवन निर्माण सँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट ह्वाइटबोर्ड र ६ सेट बोर्डमार्कर लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।

नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेकाअनुसार हस्तान्तरण गरिएको उक्त भवन भूकम्प पश्चात् सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि नै पठन पाठन सुचारु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *