बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितलाई थुनामा पठाउने आदेश सदर

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टपबहादुर रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ।

उच्च अदालत पाटनले आज पुनरावेदनकाे फैसला सुनाउँदै नक्कली भुटानी शरणार्थीका मुख्य नाइकेहरु मानिएका बालकृष्ण खाँण, टाेपबहादुर रायमाझी, टेकनारायण पाण्डेलगायतलाई थुनामा लाग्ने आदेश सदर गरेकाे हाे।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *