एनसेलमा भित्रियो स्पेक्ट्रलाइट, ८० प्रतिशत सेयर किन्न सम्झौता

एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्न सम्झौता भएको छ।

आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो।

उक्त कम्पनीले आजियाटासँग सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्‍पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो।

आजियाटाले सन् २०१६मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *