नेपालीलाई रुसी सेनामा पठाउने गिरोहकोबाट २७ लाख ६० हजार बरामद

काठमाडौँ- नेपाली नागरिकलाई ‘भिजिट भिसा’ मा रुसको सेनामा भर्ना हुन पठाउने गिरोहको साथबाट प्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ। ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ।

दाहाल र अर्यालको समूहबाट २७ थान पासपोर्ट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ। छुट्टाछुट्ट्रै समूहबाट २७ लाख ६० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए।

भिजिट भिसामा रुसको सेनामा पठाएको आरोपमा पक्राउ गरिएका १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *