पाँच मिनेटमै बढेर २० मिनेटलाई सेयर बजारमा सर्किट ब्रेक

काठमाडाैं- सेयर बजार परिसूचक नेप्से परिसूचक ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ।

नेप्से ४ प्रतिशत बढेर १९२६ बिन्दुमा पुगेको हो। बजार खुलेको ५ मिनेटमै सर्किट ब्रेक लागेको हो। ७४ अंकले बजार बढ्दा यतिखेरसम्म १६ करोड ५२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ।

राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो। यो निर्णयको कारण बजारमा थय ४० देखि ५० अर्ब रूपैयाँ कर्जा लगानीको लागि निस्कने गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *