उद्योग मन्त्री राणा जिल्ला आउने, जिल्लावासीले भव्य स्वागत गर्ने तयारी 

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारका नव नियुक्त उद्योग तथा यातायात मन्त्री रोज राणा पौष २३ गते गृह जिल्ला प्युठान आउने भएका छन्। मन्त्री राणा मन्त्री भएपछि पहिलो पटक जिल्ला आउने भएका हुन्।

नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका राणालाई जिल्ला कार्यसमिति प्युठानले भव्य स्वागत,बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।

साथै नेपाल भारत मैत्री पूर्ण बस सञ्चालन (प्युठान-दिल्ली) उद्घाटन गर्ने कार्यक्रम पनि रहेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालीका अध्यक्ष सुनिल बस्नेतले जानकारी दिए। मन्त्री राणा आउने कार्यक्रम तय भएसँगै जिल्लावासी, पार्टीका नेता तथा कार्यकर्ताले स्वागतकाे व्यापक तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *