सिन्धुलीमा एक पुरुष मृत अवस्थामा फेला

  • काठमाडौँ । सिन्धुलीमा एक पुरुष मृत अवस्थामा फेला परेको छन् । दुधौली नगरपालिका वडा नम्बर ६ लालभिति स्थित कमला नदिमा घोप्टो परको अवस्थामा एक जना पुरुषको शव फेला परेका हुन् ।
    मृतक दुधौली नगरपालिका वडा नम्बर १ गिजिहानीका ५३ बर्षीय भिमनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिएका छन् । कमला मदीमा माछा मार्न गएका मानिसहरुले मृतकलाई पानीमा घोप्टो परेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरका थिए ।
    घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *