घटनास्थलबाट अझैं उठेन ३० वर्षीय जयशंकर शाहको शव

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका युवा ३० वर्षीय जयशंकर शाहको शव आइवार तेस्रो दिन पनि उठेको छैन । विरोध प्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोध प्रदर्शनमा बरहथवा नगरपालिका–६ का साहको मृत्यु भएको हो । दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन नदिएका हुन् ।

आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ५ः३० देखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पछि आइतवार बिहानसम्मका लागि थपेको थियो । शनिवार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । तर यसपछि पनि स्थानीय सन्तुष्ट भएका छैनन् । मृतकको शव उठाउन दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *