बरहथवामा फेरि कर्फ्यु

काठमाडाैं । सर्लाही बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा तनाव भएपछि सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी भएको छ ।

शुक्रबारदेखि सुरू भएको तनाव नियन्त्रणमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेका हुन् । उनका अनुसार आइतबार मध्यान्ह १२: ४५ बजे देखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको हो ।

बरहथवा नगरपालिकाको सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्म कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्युको समयमा कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने प्रशासनले जनाएको छ । गत शुक्रबार उक्त प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बरहथवा- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । उनको शव अझै पनि घटनास्थलमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *