माटोको ढिस्कोले पुरिएर सिन्धुलीमा एक बृद्धको मृत्यु

सिन्धुलीमा एक जना बृद्धको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका वडा नम्बर ५ स्थित रजेका ७४ बर्षीय मन बहादुर बुढाथोकी रहेका छन् ।
बृद्धको शनिबार घर बाट १ सय मिटर पर आफ्नै बारिमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिएका छन् ।
बारिको कान्ला खन्न घरबाट निस्किएका मृतक अबेर सम्म पनि घर नफर्किएपछि आफन्त सहित गाउँलेहरु खोज्न जादा चपल कान्ला छेउमा भेटिएको र माटोको ढिस्को भत्किएर पुरिएको अवस्थामा बृद्ध फेला परेका थिए ।
शव पोसमार्टमको लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *