माछा मार्न गएका एक जना खोलामा मृत फेला

मकवानपुर । मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन् । बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् ।

थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए । तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए ।

खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *