सेयर बजारमा हरियाली, चार अर्ब ६७ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ । आइतबार २६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ । यसमा पनि जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको सेयर उच्च अंकले बढेको छ । आज एक करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाखबराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राको पाँच लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ भने सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको सेयरमा पहिलो दिनमै ९.९९ लागेको छ । योलगायत आठवटा कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *