उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसक्नुभएको छ भने न्याय सेवा र सरकारी वकिलबाट चार जना अधिकृत न्यायाधीशमा नियुक्त भएका हुन् । साथै नौ जना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *