दलहरुले संविधानको धारा २६९ को उल्लंघन गरे : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा २६९ उल्लघन गरेको बताएका छन् । राष्ट्रिय सभामा दलहरुबीच भएको गठबन्धप्रति संकेत गर्दै नेता रावलले राष्ट्रिय सभालाई दलीय स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेको अरोप समेत लगाएका छन् ।

‘नेपालका राजनीतिक दलहरुले फेरि संविधानको धारा २६९ को उल्लंघन गरेका छन् । प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मुल्य र मान्यता कुल्चेका छन्’, रावलले सामाजिक सञ्जालमा भनेका छन्, राष्टिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन् । संविधान लेख्दाका उदेश्य र अपेक्षमा घात गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *