महान फुटबलर बेकनबउरको निधन

काठमाडौं । जर्मनीका महान फुटबलर फ्रान्ज बेकनबउरले ७८ वर्षको उमेरमा निधन भएको छ । महान खेलाडी तथा प्रशिक्षक रहेका उनी जर्मनीमा सर्वाधिक सम्मानित फुटबलरका रूपमा परिचित छन् ।

बेकनबउरको निधनबारे परिवारले पुष्टि गर्दै उनको निधनको समय परिवार सँगै रहेको जानकारी दिएको छ । बेकनबउरले पश्चिम जर्मनीलाई १९७४ को विश्वकप उपाधि दिलाउँदा टोलीको कप्तानको भूमिका निभाएका थिए ।

त्यस्तै, उनले जर्मनीको प्रशिक्षकको रूपमा समेत १९९० मा ट्रफी जितेका थिए । उनी बार्यन म्युनिखका सर्वाधिक प्रतिष्ठित फुटबलरसमेत हुन । बेकनबउर वार्यन म्युनिखका महान डिफेन्डरसमेत हुन् । उनले ५ सय ८२ पटक वार्यनबाट प्रतिस्पर्धा गरेका थिए । उनी बार्यनबाट खेलाडी र प्रशिक्षकको रूपमा लामो समय रहेका थिए ।

उनलाई जर्मनीमा ‘डेर काजर’ को उपमा दिइएको थियो । त्यसको अर्थ सम्राट हो । पछिल्ला केही वर्षदेखि उनी स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए। बायर्नले महान पुस्ता गुमाएको भन्दै अब उनको पालाको जस्तो क्लब कहिले पनि नहुने भन्दै ‘गरीब’ भएको बताएको छ ।

उनले सन् १९९० को विश्वकपमा जर्मनीलाई एकताबद्ध बनाउन महान भूमिका खेलेका थिए । जर्मन फुटबल संघका अध्यक्ष बर्न्ड नेडोर्फले जर्मन फुटबलले देखेका सबैभन्दा महान खेलाडी गुमाएको बताए । अध्यक्ष नेडोर्फले पूरा विश्व फुटबलमै उनले पुर्‍याएको योगदानका लागि सधै ऋणी रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *