पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालन

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरुलाई ध्यानमा राख्दै पशुपति क्षेत्र बिकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयो । स्तनपान कक्षको शुभारम्भ भएसंगै स्तनपान गर्ने बालिबालीकाहरुलाई लिएर पशुपति पुगेका आमाहरुलाई ठूलो मद्धत पुग्ने राज्यमन्त्री ठकुरीले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउनेलाई भक्तजनको अनुरोधमा आवश्यक सेवा सुविधा थप गर्दै जाने कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *