नेप्सेमा २० अंकको वृद्धि, कारोबार रकम ६ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८९.१२ विन्दुमा कायम भएको छ । आइतबार २६ अंकले घटेको नेप्से सोमबार ३६ अंकले बढेको थियो ।

यसदिन नेप्से बढेसँगै कारोबार रकमा पनि वृद्धि भएको छ । ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

सो दिन ४ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

सेयर बजार दोहोरो अंक बढ्दा १० कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक,सिन्धुली विकास बैंक,कालिका लघुवित्त वित्तीय,सप्तकोशी डेभलपमेन्ट बैंक,अपर स्यांघी हाइड्रोपावरलगायत १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।

आज धवलागिरी लघुवित्त वित्तीयका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ८.१९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो । सो कम्पनीको २१ करोड बढी रुपैयाँको सेयर कारोबार भयो ।

यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंक १९ करोड,सोल्टी होटल १७ करोड,माउन्टेन इनर्जी १२ करोड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १२ करोड बढी मूल्यको सेयर कारोबार गरी कमाउने शीर्ष पाँच कम्पनीभित्र परे ।

आज हाइड्रोपावर,मनु एण्ड प्रो र म्युचुअल फण्डको सूचक बाहेक अन्यको बढ्यो । डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ५.२१ प्रतिशतले बढ्यो ।

फाइनान्सको ३.६१,होटल्स एण्ड टुरिजमको २.७२,माइक्रोफाइनान्सको १.११ प्रतिशतले सूचक बढेको हो । यसदिन १६५ कम्पनीको मूल्य बढ्दा ७७ वटाको घट्यो भने ५ को मूल्य स्थिर रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *