१६८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । पर्सामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

मंगलबार सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन् ।

वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *