जनकपुरबाट चोरी भएको बस गोलबजारमा फेला

काठमाडौं । जनकपुर बसपार्कबाट चोरी भएको बस धनुषाकै गोलबजारमा भेटिएको छ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बसपार्कमा पार्क गरी राखिएको ना ४ ख २३२७ नम्बरको बस गएराति गोलबजार स्थित मन्दिर छेउमा पार्क गरि राखिएको अवस्थामा भेटिएको धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए ।

बस धनी पिपरा गाउँपालिका-३ का कालिन्द्र मिश्रले सोमबार साँझ बस पार्क गरेर राखेका थिए । मंगलबार बेलुकी ४ बसपार्क पुग्दा बस नभेटेपछि बसधनीले जिरोमाइल प्रहरी चौकीमा उजुरी दिएका थिए ।

प्रहरीले हिजै राति सो बसमा गोलबजारको मन्दिर छेउमा पार्क गरी राखेको अवस्थामा भेटिएपछि कसले त्यहाँ पुर्‍यायो भन्ने खोजी गरिरहेको डिएसपी आवाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *