काठमाडौंबाट धनगढी उडेका दुई विमान सुर्खेतमा अवतरण

धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण भएको छ ।

धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएका हुन् । खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको हो । १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर उतै सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *