एक सयले घट्यो सुनको मूल्य, चाँदीको तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५ रूपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *