प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा

काठमाडौं । बागमती प्रदेश क्रिकेट एसोसियसनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका टिमको घोषणा गरेको छ । बुधबार रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

बागमतीको टिममा रित गौतम (कप्तानं), आशुतोष घिरोइया, इशान पाण्डे, रबिन जोशी (विकेटकिपर), विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य रहेका छन् ।

त्यस्तै बागमतीले सन्देश कार्की, गौरव खड्का(९विकेटकिपर), दिपेश श्रेष्ठ र कृष कार्कीलाई रिजर्भमा राखेको छ । बागमतीको प्रशिक्षकमा कलाम अली र टेक्निकल एनालिस्टमा राजन शाह रहेका छन् ।

यस बर्षको पीएम कप पुस २८ देखि माघ २० गतेसम्म प्रतियोगिता संचालन हुदै छ । यस प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *