क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *