बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बम्जनलाई आज अदालतमा हाजिर गराइएको हो ।

सीआईबीको टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

‘बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *