मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे फनभ्याली नजिक मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।

प्रदेश २–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदीको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *