बम्जनमाथिको थुनछेक बहस सकियो, आजै फैसला आउने

काठमाडौं । रातारात काठमाडौँबाट सर्लाही पुर्‍याइ आजै सर्लाही जिल्ला अदालतमा पेश गरिएका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनमाथिको थुनछेक बहस सकिएको छ ।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई थुनामा पठाइने कि धरौटी वा तारेखमा छाड्ने विषयमा अब केहीबेरमा थुनछेक आदेश हुँदैछ ।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई गएराती नै सडकमार्गबाट सर्लाही पुर्‍याइएको थियो ।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *