गौशाला-२६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी

काठमाडौं । बलात्कार पीडित गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ । सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन् ।

साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ । नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टबाट उत्त तस्वीर सार्वजिनक गरिएको हो ।

साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन । सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ । अनुसन्धान भइरहेको छ । यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ ।

बलात्कार पीडित गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ । सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन् ।

साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ । नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टबाट उत्त तस्वीर सार्वजिनक गरिएको हो ।

साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन । सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ । अनुसन्धान भइरहेको छ । यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *