चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।

चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका(६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *