खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।

मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गएराति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए ।

उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।​ गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

गङ्गामायाका एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *