बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

बझाङ । बझाङमा अटो दुर्घटना भएको छ । जयपृथ्वी नगरपालिका –७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

आज शुक्रवार) दिउँसो चैनपुरबाट तमैलतर्फ गइरहेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उक्त दुर्घटनामा परेर जयपृथ्वी नगरपालिका–७ का १८ वर्षीय अटो चालक दिपेश सार्की, सोहि ठाउँका १८ वर्षीया निरुता बम, जयपृथ्वी नगरपालिका–१० चैनपुरका ३२ वर्षीया लक्ष्मी सिंह र उनका ७ वर्षीय छोरा प्रशान्त सिंह सामान्य घाइते भएका छन् ।

घाइते चारै जना समान्य उपचार पश्चात घर गइसकेको र अटो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *