फेरि बढ्यो सुनको मूल्य, प्रतितोला भाउ कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ २० रुपैयाले घटेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैंयामा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *