सर्वोच्च बाहिर न्यायाधीश गिरीको पत्नीले गरिन् आत्मदाहको प्रयास

काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् । गिरी र रावलबिच विवाद रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *