आगो ताप्ने क्रममा जलेर बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं । बर्दियाको मधुवनी नगरपालिका ४ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार विहान ३ बजे मधुवनी ४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *