नेप्से परिसूचक आज ३१.६२ अंकले बढ्यो, कुन समूहको कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज ३१.६२ अंकले बढेर २१२०.६२ को बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ को बिन्दुमा बन्द भएको छ ।

बजार बढ्दा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको सेयर मूल्य घटेको छ। तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेको छ भने २ वटा घटेको छ ।

आज ३१४ वटा सूचीकृत कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६.४० रुपैयाँमा किनबेच भएका छन् । आज १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आज १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज हिमालयन पावर पाटनर्स, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत, माथिल्लो मैलुङ्ग, त्रिशुली जलविद्युत गरी १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ, सोनापुरको २४ करोड ३ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेलीको ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीः ३५ करोड ६८ लाख रुपैयाँ,सोनापुर मिनरल्सः २४ करोड ३ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ११ करोड ८३ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरः ११ करोड १४ लाख रुपैयाँ,अरुण काबेली पावरः ११ करोड ६ लाख रुपैयाँ,ङादी ग्रुप पावरः १० करोड ८ लाख रुपैयाँ,घोराही सिमेनटः ९ करोड ५४ लाख रुपैयाँ,माउन्टेन इनर्जीः ९ करोड ४३ लाख रुपैयाँ एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड १३ लाख रुपैयाँ,युनिभर्सल पावरः ७ करोड ८३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *