मधेश प्रदेशविरुद्ध विनोद भण्डारीको उत्कृष्ट शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय कि्रकेट प्रतियोगितामा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । योसँगै उनले घरेलु चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका गर्ने क्रममा आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए ।

भण्डारी ३८.६ ओभरमा विशाल पटेलको बलमा मयन यादवबाट बाउन्ड्री लाइनमा ८५ रनमा जीवनदान पाएका थिए । घरेलु प्रतियोगितामा सफल मानिने ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि १३२ को शतकीय साझेदारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *