सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौं । माघ १ गते सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *