काठमाडौंको टुँडिखेलमा भिडभाडमा च्यापिएर ८ जना घाइते

काठमाडौं । काठमाडौंको टुँडिखेलमा मगर तथा थारु समुदायले आयोजना गरेको माघेसंक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भिडका कारण च्यापिएर ८ जना घाइते भएका छन्।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार कार्यक्रममा आएकाहरुको भिडका कारण पस्ने र निस्कने क्रममा हुल हुँदा च्यापिएर ८ जना घाइते भएका हुन् ।

प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज समेत गर्नुपरेको थियो । घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ भने उनीहरुको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *