प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

सोमबार भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरले २९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भयो । लुम्बनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे । बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २/२ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *