इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट हुँदा ४ जनाको मृत्यु

काठमाडौं । इराकको एर्बिलस्थित अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार शृंखलाबद्ध विस्फोट भएको छ । विस्फोटमा चार जनाको मृत्यु भएको छ ।

उक्त विस्फोटको जिम्मेवारी इरानको ‘रिभोलुसनरी गार्ड’ले लिएको एबीसी न्युजले जनाएको छ । रिभोलुसनरी गार्डले जासुस मुख्यालय र इरान विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको दाबी गरेको छ ।

उसले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ । विस्फोटपछि विमानस्थल बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *