जनकपुरमा रेलमा सवार एक यात्रुको मृत्यु

काठमाडौं । महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको हो ।

‘टिटीले पैसा मागेपछि उनी सिटबाट उठेछन् । खल्तीबाट पैसा निकाल्ने क्रममा आफैं अचानक ढलेको यात्रीले हामीलाई बताएका छन्,’ उनले भने ।

हृदयघातबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपी पोष्टमर्टम रिपोर्ट आइसकेपछि मात्रै मृत्युको कारण खुल्ने डिएसपी अवाले बताए । प्रादेशिक अस्पताल जनकपुरमा पण्डितको शव पोष्टमर्टमका लागि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *