गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना औषधि बिक्री नगर्न नगर प्रमुख रिसालको निर्देशन

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसालले नगरपालिका भित्र संचालित क्लिनिक तथा औषधि पशलहरुलाई चिकित्सकको सिफारिस बिना औषधि बिक्री बितरण नगर्न कडा निर्देशन दिएका छन् ।

नगरपालिका भित्र रहेका औषधि पसल र क्लिनिकहरूबाट चिकित्सक सिफारिस बिना मनोदिपक र साईक्याट्रीक नामक औषधिहरु बिक्रि बितरण भैरहेको जानकारी आएको थियो । जुन औषधि लागू औषध प्रयोग कर्ताहरूले प्रयोग गर्ने गरेको भन्ने जानकारी आएपछि नगर प्रमुख रिसाल तत्काल एक सुचना जारी गर्दै सम्पुर्ण औषधि ब्यबसायी र क्लिनिकहरूलाई चिकित्सकको सिफारिस बिना बिक्री बितरण नगर्न निर्देशन दिएका छन् ।

उनले जारी सूचनामा लागू औषध तथा दुर्व्यसनलाई नियन्त्रण गर्न अपरिहार्य भएकोले चिकित्सकको सिफारिस बिना औषधि बिक्रि नगर्ने र त्यसो गरिएको पाइएमा कानुन बमोजिम कडा कारबाही समेत गरिने बताए ।

प्रमुख रिसालले नगरपालिका भित्र संचालित अस्पताल, औषधि पसल,क्लिनिक,आयुर्वेदिक तथा बैकल्पिक चिकित्सालाई नगरपालिका भित्र सूचीकृत तथा दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध गर्दै यदि यश सूचनालाई बेवास्ता गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *