सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ । प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन् । उनी घरभन्दा केही टाढा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार भरत सोमबार राति १ बजेतिरको समयमा मृत अवस्थामा फेला परेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काका अनुसार भरतको शरीरमा चोट लागेको छ ।

हाल घटनास्थलमा प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटेर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *