घट्यो सुनको मूल्य, प्रतितोला भाउ कति ?

काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *